नेपालमा थप ३८९९ जना सङ्क्रमित, १७७८ सङ्क्रमणमुक्त



१२ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल १७ हजार ५१८ जनामा परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ७७८ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख ४७ हजार ७९ पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप २० जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ७५८ पुगेकाे छ ।