निहारिकालाई भेटेपछि बालेनको प्रश्न- बच्चाको डिएनए टेस्ट गरिदे भन्दा जल्न तयार हुनुपर्ने ?



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले बलात्कार पीडित निहारिका राजपुतसँग भेट गरेका छन् । शनिबार त्रिवि शिक्षण अस्पताल पुगेर मेयर साहले निहारिकालाई भेटेका हुन् ।

भेटपपछि मेयर साहले सामाजिक संजालमार्फत निहारिकाले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि सरकारले पूरा नगरेको भन्दै प्रश्न गरेका छन् ।


उनले भनेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? ‘यो अत्ति हो । यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन ।’

शुक्रबार निहारिकाले राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । उनले आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् । प्रहरीले उनलाई उद्दार गरी अस्पताल पुर्याएको थियो । आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनसन बस्दै आएकी छन् ।