परराष्ट्र नीति सत्ता जोगाउन नभई राष्ट्र जोगाउन प्रयोग गर्नुपर्छः डा. लोहनी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सवै राष्ट्रिय नेताहरुको सम्पत्ति छानबिनका लागि नागरिक आयोग गठन गर्न माग गरेका छन् ।

शनिबार काठमाडौंको टोखामा पार्टीको नगर कार्यसमितिले आयोजनाका गरेको कार्यक्रममा लोहनीले यस्तो बताएका हुन् । लोहनीले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सुरक्षाको विषयमाबाहेक अन्य सवै ठेक्कापट्टा र सरकारी खरिदका निर्णयहरु जनताले कानुनत हेर्न पाउनु पर्ने बताए ।


उनले मुलुकमा खाद्यान्न उत्पादन वढाउन तराइमा उत्पादित वस्तुहरु आकर्षक मूल्यमा खरिद गरि सरकारले वजार व्यवस्थापन गर्नुपर्ने बताए । परराष्ट्र नीति सत्ता जोगाउन नभई राष्ट्र जोगाउन प्रयोग गर्नुपर्ने बताए ।