थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु



काठमाडौँ । देशभर थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२९० र एन्टिजेनबाट २४२२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४१९ र एन्टिजेनबाट ३६२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।

यस्तै साेही अवधिमा थप ५११ जना कोरोनामुक्त भएका छन्।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ५७७५ पुगेको छ।