एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु



हेटौँडा । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।