ताइवान नजिक चीनको सैन्य अभ्यास जारी



चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ। चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका करिब छ स्थानहरुमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ।

पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ-फायर सैन्य अभ्यास गरिरहेका छन् । यो सँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाजहरू विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् । केही विमानहरूले चीन र ताइवान बीचको सीमा रेखा जस्तो प्रतित हुने मध्य रेखा पनि पार गरेका छन्, ।


चीनले ताइवानलाई विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने कुराको विरोध गरिरहेको छ तर साभामुख पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ। यसै बीच संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जापान लगायत धेरै देशहरूले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन्। उनीहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थायित्व कायम गर्न आफ्नो प्रतिबद्धता समेत दोहोर्यासएका छन्।