इरानद्वारा तीन दिनमा १० “इजरायली सम्बद्ध” आतङ्ककारी पक्राउ



इरानको गुप्तचर मन्त्रालयले बिहीबार दक्षिणी र पश्चिमी इरानमा विगत तीन दिनमा १० “इजरायली-सम्बन्धित” आतङ्ककारीलाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा धार्मिक जमघटहरूमा आतङ्ककारी हमला गर्ने उद्देश्यले प्रेरित इस्लामिक स्टेट (आईएस) लडाकुहरू रहेको फार्स समाचार एजेन्सीले उल्लेक गरेको छ। ती लडाकुहरू टर्की र इराक हुँदै इरानी भूमिमा प्रवेश गरेका विज्ञप्तिमा भनिएको छ । तिनीहरूबाट विस्फोटक पदार्थ, सञ्चार उपकरण र हतियारहरू समेत जफत गरिएको छ।


विज्ञप्तिमा आतङ्कवादीहरूसँगको सशस्त्र भिडन्तमा दुई इरानी सुरक्षाकर्मी समेत घाइते भएको पनि बताइएको छ।