एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु



काठमाडौँ । एकैदिन थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभरबाट ५९०९ नमूना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३६८५ र एन्टिजेनबाट २२२४ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ६३२ र एन्टिजेनबाट २६३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । 

यस्तै पछिल्लाे २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् ।