काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला



काठमाडाैँ । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ।

तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। 


एकै परिवारका  ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका  पाण्डे र ८ वर्षीय आशिक पाण्डे मृत फेला परेकाे प्रहरीले जनाएको छ।

गोरखा भीमसेन गाउँपालिका-६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।