बेपत्ता पुरुष मृतावस्थामा भेटिए



गुल्मी । मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका पुरुष मृतावस्थामा भेटिएका छन् । गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आज भेटिएको हो ।

अधिकारी शनिबार साँझ साढे ४ बजे मलामी जाने क्रममा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका थिए । बेपत्ता भएको खबर पाउनासाथ स्थानीयका साथसाथै प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको नेतृत्वमा गएको समूहले उनको खोजी गरेको थियो ।


खोज्ने क्रममा आइतबार गुल्मीदरबार गाउँपालिका–२ तल्लो घोरहास्थित बडिगाड खोलाको बीचमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए ।