एकैदिन ६२० जनामा कोरोना पुष्टि, एकको मृत्यु



काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

देशभरबाट ५८४६ नमूना परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट २६५१ र एन्टिजेनबाट ३१९५ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ४९६ र एन्टिजेनबाट १२४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । 

सो अवधिमा २९७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४५६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।