नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई सङ्क्रमण



काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ । आज बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

उनका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शै्ययामा भइरहेको छ ।