राष्ट्रपति सीद्वारा शताब्दी लक्ष्य पूरा गर्नुपर्नेमा जोड



चिनियाँ राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेना (पीएलए) को स्थापनाको सयौं वर्षगाँठका लक्ष्यहरू पूरा गर्न लगनशीलताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले बुधबार चिनियाँ जनक्रान्तिको सैन्य सङ्ग्रहालयको भ्रमणका क्रममा उक्त टिप्पणी गरेका हुन् ।