बाबुराम भट्टराईले दर्ता गरे नयाँ पार्टी, चुनाव चिह्न आँखा



काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् । भट्टराईले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन् । पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।

आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराई समूहका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।