गुजरातमा विषाक्त मदिराले लियो बीस जनाको ज्यान



देशको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यति नै सङ्ख्यामा सख्त बिरामी भएकाहरू अस्पताल भर्ना भएका छन् । यद्यपि उनीहरूको मृत्यु मदिरा सेवनबाट नै भएको पुष्टि हुन बाँकी छ ।

“बोटाड, भावनगर र अहमदाबाद अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ । स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,” द हिन्दू अखबारको अनलाइन संस्करणमा भनिएको छ । मृत्युको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण एवम् चिरफार भइरहेको छ ।


“पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सक्नेछौँ,” एक सरकारी अधिकारीले सिन्ह्वालाई फोनमा बताए । मदिरा सेवनका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ । राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ ।