फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु



फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ । उक्त घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ ।


फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ। “हामी यस घटनाबाट अत्यन्तै विचलित भएका छौँ र शोकमग्न छौं,” स्थानीय सरकारी इकाईका मेयर जोय बेलमोन्टेले एएफपीलाई बताएका छन् ।

फिलिपिन्समा बन्दुक राख्न पाउँने बारे खुकुलो नियम भए पनि विद्यालय र विश्वविद्यालयमा गोली चल्ने घटना भने कमै हुने गरेका छन् । तर चुनावका समयमा राजनीतिकर्मी हरू माथि भने यस्ता हत्याका घटनाहरू हुने गर्दछन् ।