थप ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु



काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३८८८ जनाको नमूना परीक्षण गरिएको थियो ।

सो अवधिमा ९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ३१७७ पुगेको छ ।