नेपालमा थप २४४५ जना सङ्क्रमित, १२५८ सङ्क्रमणमुक्त



४ साउन । गत २४ घण्टामा नेपालमा थप २ हजार ४४५ जना काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल ११ हजार ६६४ जनामा परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार २५८ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख ३३ हजार ३३२ पुगेकाे छ ।


यस्तै गत २४ घण्टामा थप ३२ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार ५८२ पुगेकाे छ ।