उत्तरी चीनको तियानजिनमा ग्यास विस्फोट ११ जना घाइते, ३ बेपत्ता



उत्तरी चीनको तियान्जिनमा रहेको अपार्टमेन्ट भवनमा भएको ग्यास विस्फोटमा परी मङ्गलबार ११ जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।

बेचेन जिल्लास्थित उक्त भवनमा बिहान ७:१५ बजे भएको उक्त विस्फोटबाट भवनमा क्षति पुगेको छ । जिल्ला सरकारको प्रचार विभागका अनुसार पीडितहरूको शरिरमा चोट लागेको छ यद्यपि तिनीहरू खतरामुक्त भएको बताइएको छ। उद्धार कार्य भइरहेको छ।