संसदीय विशेष समितिले छलफलका लागि जनार्दन शर्मालाई बोलायो



काठमाडौँ । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ । मंगलबार बसेको समितिको बैठकले शर्मालाई बुधबार बोलाउने निर्णय गरेको हो ।

त्यस्तै समितिले बुधबार पूर्व अर्थसचिवहरुसँग पनि छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले जनकारी दिए । पूर्वअर्थसचिवहरुसँग छलफल गरेपछि समितिले शर्मासँग छलफल गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकमा विज्ञहरुले हार्डडिस्क रिकभरका गर्न सकिने सुझाव दिएका छन् ।


समितिले यसअघि अर्थ मन्त्रालयका सचिव, सीसीटिभीसँग सम्बन्धित आइटी इन्जिनियरलगायतसँग बयान लिइसकेको छ । तर उनीहरु सबैले अनधिकृत व्यक्ति प्रवेश नगरेको बताएका छन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको भन्दै नेकपा एमालेले संसदमा विरोध गरेको थियो । त्यसपछि संसदले २२ असारमा विशेष समिति बनाएको थियो भने शर्माले त्यही दिन अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।