अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री डा भट्टराईबीच छलफल



काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले जसपाबाट बाहिरिए पनि डा भट्टराईले आफू गठबन्धन भन्दा बाहिर नगएको बताएको जानकारी दिए ।


नयाँ पार्टी पुनःगठनको तयारीमा रहेका डा भट्टराईले आफू जहाँ रहे पनि गठबन्धनको पक्षमा नै रहेको बताएका थिए ।