![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
मालीको राजधानी बामाको नजिकै सडक चेकपोस्टमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । मालीको सुरक्षा मन्त्रालयले जनाएअनुसार सो दुर्घटनामा दुई जना घाइते भएका छन् । राजधानी बामाकोबाट करिब ७० किलोमिटर पूर्वमा रहेको जान्तिगुइलाको सडक चेकपोस्टमा बिहीबार राति हमला हुँदा उक्त दुर्घटना भएको मन्त्रालयले जनाएको छ ।
आक्रमणमा घाइते हुनेहरूमा दुई महिला, एक प्रहरी र तीन सर्वसाधारण रहेका छन् । तर आक्रमण कसले गरेको हो भन्ने हालसम्म खुलाइएको छैन । जुनको शुरुमा, दक्षिणी मालीको कौटियाला सडक चेकपोस्टमा यस्तै आक्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ । विद्रोह, जिहादी आक्रमण र अन्तर-सामुदायिक हिंसाले हजारौंको यहाँ ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)