मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले यहाँ कार्यरत ८० जना करार कर्मचारीको नियुक्ति नवीकरण नगर्ने भएको छ ।
गाउँपालिकाको हालको वित्तीय अवस्था कमजोर रहेकाले गाउँपालिकाले करारमा नियुक्त कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
शुक्रबार अबेर बसेको कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाकाले जनाएको छ ।