प्रतिनिधिसभा बैठक : नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत



काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ ।