एमालेको स्पष्टीकरणः ‘एम. अधिकारी’ गभर्नर होइनन्



काठमाडौँ । नेकपा एमालेले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ । एमाले कार्यलय सचिव भिष्म अधिकारीले गभर्नर अधिकारीलाई पठाएको पत्रमा उक्त विभागमा उल्लेखित एम अघिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु भनिएको छ ।

गभर्नर अघिकारीले असार २९ मा नेकपा एमाले केन्द्रीय कार्यलयलाई पत्र लेख्दै आफू कुनैपनि राजनीतिक दलमा आवद्ध नरहेको र गभर्नरजस्तो जिम्मेवर पदमा रहेको कुनै पनि व्यक्ति कुनै पार्टी विशेषको कुनै समितिमा रहने वा बस्ने कुरा कल्पना बाहिरको विषय भएको स्पष्ट पारेका थिए । गभर्नर अघिकारीले समिति गठनले भ्रम सिर्जना गरेकाले सो विषयमा स्पष्ट पार्न एमाले नेतृत्वलाई आग्रह गरेका थिए ।


उनको आग्रहबमोजिम एमालेले अधिकारीलाई पत्र लेख्दै सो समितिमा रहेका एम अधिकारी गर्भनर महाप्रसाद अघिकारी नभएको स्पष्ट पारेको हो ।