नागरिकता विधेयक प्रतिनिधिसभामा पेस



काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले बुधबारको बैठकमा विधेयक पेस गरेका हुन् ।

नागरिकता विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले विरोधको सूचना प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तावलाई प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्दा अस्वीकृत भएको थियो ।


सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयक दुई वर्ष प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएर सदनमा फर्किएको थियो ।

तर, केपी ओली नेतृत्वको सरकार परिवर्तन भएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक वर्षपछि सो विधेयक फिर्ता लिइएको थियो। विचाराधीन विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक दर्ता गरेको हो।