नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस



काठमाडौँ । गृह मन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो ।

पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् ।