त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै प्रदर्शन



काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त भएको भवन पुनर्निर्माण हुनुपर्ने भन्दै काठमाडौँको घण्टाघरस्थति त्रिचन्द्र क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुनर्निर्माणमा चासो नदेखाएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीले शिक्षा मन्त्रालय हराएको सूचना, ढुङ्गा बोल्यो, माटो बोल्यो, सरकार बोलेन, प्रधानमन्त्रीज्यू तपाईंले पढेको क्याम्पस कहिले बन्छ ? लगायतका प्लेकार्ड प्रर्दशन गरेका थिए । नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको पुननिर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्याथीको भनाइ छ ।


एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन् । २०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ।