बाजुराको बुढीगङ्गा नगरपालिकामा मतदान जारी



बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको मतदान रद्ध भएपछि आज पुन : मतदान भएको हो । 

बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान  स्थलको व्यवस्था गरिएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताइएकाे छ ।


निर्वाचनलाई भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताएका छन् ।