दोदा नदीमा डुबेर बालकको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार दोदा नदीमा डुबेर बेलौरीका नगरपालिका–५ का सुनिल चौधरीको १४ वर्षीय नीरज चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार नदीमा साथीहरूसित खेल्ने क्रममा चौधरीको मृत्यु भएको हो ।


बालकको शव श्रीपुर प्राथिमक स्वास्थ्य केन्द्रमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको छ ।