हतियारसहित व्यापारी पक्राउ



सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ । पेस्तोल र गोलीसहित हरिवन–११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार दासको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको छ ।


दासले हरिवन बजारमा सञ्चालन गरेको किराना पसलमा लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरिएको ताम्रकारले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।