जसपाका तीन मन्त्रीले लिए सपथ



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकी थिइन् ।


यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आएका थिए ।