जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि अखिल क्रान्तिकारीद्वारा दुर्व्यवहार



काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशककमाथि दुर्व्यवहार भएको छ। नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनासम्म पनि सरकारी विद्यालयमा पाठ्यपुस्तक नपुगेको भन्दै प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दलेर दुर्व्यवहार भएको हो ।

पाठ्यपुस्तक समयमै छपाइ नगरी विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै नेत्रविक्रम चन्द ’विप्लव’नेतृत्वको नेकपाका विद्यार्थीहरूले कालोमोसो दलेका हुन्। अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता कार्यकर्ताे झामाथि भ्रष्टाचारको आरोप पनि लगाएका छन्।