रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रकाे घण्टी



काठमाडाैँ । सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ । पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए ।  


“हाम्रो पार्टी औपचारिक रूपमा दर्ता भएको छ । हामीले प्रमाणपत्र पायौँ । एकदम खुसी छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नाममा दल दर्ता भएको छ,” पार्टी सभापति लामिछानेले भने ।