राष्ट्रपति भण्डारी समक्ष चार राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुने ।

शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) छन् । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।