नेप्सेमा फेरि ३१ अंकको गिरावट



काठमाडौँ । साताको शेयर कारोबारको चौथो दिन बुधबार फेरि दोहोरो अंकले घटेको छ । मंगलबार ३७.४९ अंकले बढेर एक हजार ९ सय २२ दशमलब ३० विन्दु पुगेको नेप्से बुधबार ३१.२१ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ५३ विन्दुमा पुगेर रोकिएको हो ।

बुधबार नेप्सेमा ८४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएर कारोबार रकममा पनि उल्लेखनीय गिरावट आएको छ। मंगलबार एक अर्ब २५ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।


आज शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९४ रुपैयाँ पुगेको छ भने ग्लोबल आईएमई समुन्नत स्किम १ को शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार युनाइटेड इदीमर्दी आरबी जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.४८ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार संख्याको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको ३ करोड ३९ लाख भन्दा माथिको कारोबार भएको छ ।