सेन्ट लरेन्सका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश



काठमाडौँ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका कोर्ष को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौँ कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने जनार्दन अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।


कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरुविरुद्ध विद्यार्थी आन्दोलित भएका थिए। उनीहरुविरुद्ध पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए।