प्रियंका बनिन् ‘मिस नेपाल-२०२२’



काठमाडौँ । यस वर्षको मिस नेपाल वर्ल्डको ताज २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन् ।

शनिबार ललितपुरमा आयोजित विशेष समारोहमा आयोजक ‘द हिडन ट्रेजर’ले जोशीको नाम विजेताको रुपमा घोषणा गरेको हो । यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले जितेकी छन् ।


२४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।