दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार



दाङ । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

दाङको तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया सुस्त मनस्थितिकी  युवतिमाथि असार २ गते राति तुलसीपुर –९ दोघरेस्थित एक निर्माणाधिन घरमा चार जनाले सामुहिक बलात्कार गरेको  प्रहरीले जनाएको छ ।


आरोपित मध्य तुलसीपुर ९ दोघरेका २४ वर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए। अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

चौधरीले २५ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई घरबाट फकाएर नयाँ घर बन्ने ठाउँसम्म पुर्याएका थिए ।  त्यसपछि ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।