यूक्रेनले रूसी नागरिकले यूक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जानकारी गराएका छन् ।
सन् १९९१ मा यूक्रेन तत्कालिन सोभियत संघबाटस्वतन्त्र हुँदा व्यवस्था गरिएको विना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्राबधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो । मस्कोले यूक्रेनमा आक्रमण सुरू गरेको चार महिना पुगेको छ ।
“युक्रेनले रूसी संघका नागरिकहरूका लागि भिसा व्यवस्था शुरु गरिरहेको छ,“ जेलेन्स्कीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत् जानकारी गराए । उनले भने, “सरकारले सम्भवत ‘आज’ को निर्णयमा जुलाई १, २०२२ देखि यो व्यवस्था लागू गर्ने प्रावधानलाई औपचारिक रूपमा सार्बजनिक गर्नेछ ।
जेलेन्स्कीका ‘चिफ अफ स्टाफ’ एन्ड्रीय यर्माकले अनौपचारिकरूपमा फेब्रुअरी २४ देखि नै सुरु भएको यो प्रावधान आफ्नो देशको रक्षात्मक प्रयासलाई बलियो बनाउन राखिएको बताए । उनले भने, “रूसले सुरु गरेको युद्धको कारण हामीले आफ्नो इलाकामा रूसी नागरिकको प्रवेशमाथिको नियन्त्रणलाई अझ प्रभावकारीे बनाउनु आवश्यक छ । सुरक्षा नै प्राथमिकता हो ।”
यी दुई छिमेकीहरूबीच करिब दुई हजार ३०० किलोमिटर लामो दुई देशीय सिमाना छ र उनीहरूबीच विस्तृतरूपमा पारिवारिक, सामाजिक तथा सांस्कृतिकरूपमा सम्बन्धहरू रहँदै आएका छन् । पूर्वी यूक्रेनमा रूस निकट रहेका पृथकवादी र यूक्रेन सरकारबीच सशस्त्र युद्ध भएको र मस्कोले सन् २०१४ मा क्राइमियन प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएपछि यूक्रेनमा जाने रूसीहरूको सङ्ख्यामा तीव्र कमी आएको थियो ।
सन् २०१३ मा एक करोड असी लाख रूसीहरूले यूक्रेन भ्रमण गरेका थिए तर त्यसको एक वर्षपछि त्यो सङ्ख्या घटेर २५ लाखमा झरेको यूक्रेनका सीमा रक्षकहरूका प्रवक्ता एन्द्रे डेमचेन्कोले एएफपीलाई बताए । सन् २०२० र २०२१ सालमा कोभिड महामारीको थालनि हुँदा रुसी यात्रीहरूको संख्या वर्षमा पाँच लाखभन्दा बढी थिएनन् ।