चार वर्षमा नायब सुब्बाको कमाई ६ करोड !



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षमा ६ करोड कमाउने एकजना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका भिमकान्त भण्डारीविरूद्ध चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको देखिएको भन्दै मुद्दा दर्ता गरेको हो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भण्डारीविरूद्ध आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। । २०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए। आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए ।


भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।