अपडेट : ताप्लेजुङकाे पहिरोमा पुरिएका सासु बुहारीको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर बेपत्ता भएका सासु र बुहारीकाे मृत्यु भएकाे छ । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारी बेपत्ता भएका भएका थिए ।

यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएका स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।