इन्जिनियरिङ पढ्ने विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला



काठमाडाैँ । काठमाडौँको त्रिपुरेश्वरमा गत सोमबार एक जना युवकको शव फेला परेको छ । सोमबार बिहान करिब ६ बजे बारा सिम्रौनगढ नगरपालिका-८ घर भई ललितपुरको सानेपा बस्ने अन्दाजी २२ वर्षीय अभिषेक जैसवालको शव फेला परेको हो ।

थापाथली इन्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय जैसवाल सोमबार बिहान मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतलामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।


त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि निर्माणाधिन घरको छतबाट खसेको उनको मृत्यु भएको आशंका गरिएको छ ।घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन् ।