विमला वली प्रकरणको छानबिन गर्न समिति गठन



बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् । मंगलबार वलीले एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् । एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् ।