काठमाडौँको बौद्धमा सामुहिक बलात्कार, चार जना पक्राउ



काठमाडाैँ । काठमाडौँको बौद्धमा सामुहिक बलात्कार भएको छ । बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीलाई ३ जनाले सामुहिक बलात्कार गरेका हुन् ।

घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा काठमाडौँ घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् । लुङ्ता गेष्ट हाउसका संचालक सिन्धुपाल्चोक भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई पनि प्रहरीले पक्राउ गरेको छ ।