प्रधान सेनापति शर्मा र अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख फ्लिनबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनबीच भेटवार्ता भएको छ । शुक्रबार सैनिक मुख्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

चार दिने नेपाल भ्रमणमा रहेका फ्लिनलाई जङ्गी अड्डामा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो। सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरणसमेत गरिएको जङ्गी अड्डाले जनाएको छ ।


मित्रराष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरुको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सद्भाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । फ्लिनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लिनले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो।

त्यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका थिए । भारत हुँदै बिहीबार काठमाडौं आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल बसाइका क्रममा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति शर्मासँग द्विपक्षीय हितका बारेमा छलफल गर्ने कार्यक्रम छ।