फेरि बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)



काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ ।


बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले वृद्धि गरेको छ । इन्धनको मूल्य वृद्धिअनुसार विभागले यात्रुवाहक सवारी साधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ३.३ र तराईमा चल्ने मालवाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।