अमेरिकी सेनाका कमाण्डर काठमाडौँमा



काठमाडाैँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन् । उनी भारतको नयाँ दिल्लीहुँदै मध्यान्ह १२ बजे काठमाडौँ आइपुगेका हुन् । 

चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल  र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड  स्टाफ कलेज भ्रमण गरेर उनी अमेरिका फर्कनेछन् । 


प्रधानसेनापति प्रभुराम शर्मा असार पहिलो साता अमेरिकाको भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाका उच्च अधिकारी नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।