पूर्वी अस्ट्रेलियामा ‘ला नीना’का घटनाहरूमा वृद्धि हुने वैज्ञानिकहरूको चेतावनी



अस्ट्रेलियाका पूर्वी राज्यहरूमा ‘ला नीना’ का घटनाहरू बढ्दै गएकोले आगामी दशकहरूमा यस मुलुकका पूर्वी राज्यहरूमा बाढी प्रभाव बढ्ने सम्भावना बढी हुने वैज्ञानिक अध्ययनले देखाएको छ ।

‘ला निना’ संयुक्त समुद्री–वायुमण्डलीय प्रभाब हो जुन ‘एल निनो’को दक्षिण कम्पनको प्रतिरूप हो । नेचर क्लाइमेट चेन्ज पत्रिकामा मंगलबार प्रकाशित रिपोर्टमा भनिएको छ, “जलवायु परिवर्तनले आन्द्र महासागरको धारको ‘कन्भेयर बेल्ट’ कम गरेकोले मौसमको विनासकारी अवस्था अझ बढ्ने सम्भावना हुन्छ ।


यहाँ आन्द्र महासागरको मुख्य सञ्चार भनेर चिनिने न्यानो उष्ण कटिबन्धीय पानीको विशाल प्रवाहको नियमित चाल रहेको छ । यसले पृथ्वीको मौसममा ठूलो प्रभाव पर्छ ।

यूनिभर्सिटी अफ न्यू साउथ वेल्स (यूएनजेड)का लेखकहरूद्वारा तयार पारिएको उक्त रिपोर्टमा आन्द्र महासागर लगभग पाँच हजार वर्षदेखि तुलनात्मक रूपमा मौसम स्थिर रहेको तर हालका दशकहरूमा उष्ण कटिबन्धीय पानीको विशाल प्रवाहको नियमित चाल कम भएको बताइएको छ ।

यसको एउटा कारण ग्रीनल्याण्ड र अन्टार्कटिकामा खर्बाैं टन ‘पोलर आइस क्याप’ पग्लिएका कारण हरितगृह ग्याँसहरू निष्कासन हुन थालेको छ । यसले गर्दा महासागर प्रणालीमा अत्यधिक मात्रामा सङ्लो पानी प्रवेश भएको छ र समुद्रमा अकल्पनीय परिवर्तन देखा परेका छन् । यसले समुद्री पर्यावरणलाई उल्टयाएको छ ।

क्वीन्सल्यान्ड, न्यु साउथ वेल्स (एन एस डब्लु) र भिक्टोरियालगायत पूर्वी राज्यका अस्ट्रेलियालीहरूलाई गत वर्षहरूमा लामो समयसम्म ‘ला नीना’ को असरबारे जानकारी मिलेको छ ।

मंगलबार सार्वजनिक गरिएको ‘अस्ट्रेलियाली मौसमविज्ञान विभाग (बीओएम) को रिपोर्टअनुसार मौसमसम्बन्धी घटना अहिले मात्र ‘बिस्तारै कमजोर हुँदै गइरहेको’ ती राज्यहरूमा पहिला कहिल्यै नभएको बाढी आएको थियो ।

मंगलबारको अनलाइन पत्रिका ‘द इन्टरभ्यू’मा आफ्नो निष्कर्षको व्याख्या गर्दै न्यू साउथ वेल्थ विश्वविद्यालय (युएनएसडब्ल्यू) का विज्ञान विषयका प्राध्यापक म्याथ्यू इङ्ल्यान्ड, एसोसिएट प्रोफेसर आन्द्रे एस.ताससेटो र विश्वविद्यालयमा पीएचडीको लागि अनुसन्धान गर्दै रहेका एक विद्यार्थी ब्रायम अरिह्वैला–पिन्टुले रिपोर्टमा भनेका छन्, “समुद्री सतह वृद्धि, बरफ पग्लिएको र आन्द्र महासागरले यस शताब्दीमा उत्पादन गर्ने वातावरणीय सञ्चारमा निकै कमी आएकोले ‘ला निना’ जस्ता प्रतिकूल मौसमले स्थान पाउन थालेको हो ।”

अनुसन्धाताहरूले भनेका छन्, “अटल हरितगृह ग्याँस उत्सर्जनको वर्तमान मार्गले पूरै प्रणालीलाई व्यापक प्रभाव पारिरहेको छ जसले अन्ततः महासागरको ‘कन्भेयर बेल्ट’ प्रभावित÷लोप हुन सक्छ ।

यस्तो वातावरणीय प्रकोपलाई रोक्न वा कम्तीमा पनि नियन्त्रणमा राख्न न्यून कार्बन उत्सर्जनका लागि उत्कृष्ट योजनाहरूको आवश्यकता रहेको उनीहरूले बताएका छन् । “एक शताब्दीभन्दा कम समयमा कम्तीमा पनि दुई पटक यसो गर्दा सकारात्मक नतिजाको लागि पृथ्वीको जलवायु इतिहासको मार्गलाई परिवर्तन गर्न सकिनेछ ।