नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा



काठमाडाैँ । सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।


बढुवा हुनेमा उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।